इलाम । कोरोना भाइरसको संक्रमणले आक्रान्त बनाइरहेको बेला फेसबुकमा अनाधिकृत (अफवाह फैल्याउने) स्टाटस लगाएको आरोपमा एक युवालाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

फाकफोक थुम गाउँपालिका वडा नं. ७ का २४ वर्षीय सन्दिप योङ्हाङ्लाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको हो । उनले शुक्रबार आठ बजेपछि इलामको विब्ल्याँटेमा एक जनामा कोरोना संक्रमण भेटियो बाँच्ने आशै मरिसक्योे भनेर स्टाटस हालेका थिए ।

जब कि इलाम जिल्लामै अहिलेसम्म संक्रमित भेटिएका छैनन् । सो स्टाटसपछि त्रास फैलिएको थियो । उनले आफ्नो फेसबुक आइडी स्यारोन भाइजान योङ्हाङ्बाट सो स्टाटस पोष्ट गरेका थिए । तर, योङ्गहाङ्गले भने आफ्नो फेसबुक अर्कैले चलाएर सो पोष्ट हालेको बताएका छन् ।