काठमाडौँ । उदयपुरका थप एक जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। मंगलबार स्वास्थ्य मन्त्रालयले थप एकजनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको हो।

उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ जनामध्ये १३ जनामा कोरोना देखिएपछि सो क्षेत्रका ३ सय २० जनाको नमुना स्वाब परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। त्यहीँ मध्ये आज एक जना कोरोना संक्रमण देखिएको हो।

आजै उदयपुरका १३ संक्रमितसँग सम्पर्कमा आएका ८ जनामा पनि कोरोना पोजेटिभ देखिएको छ। उनीहरुको विराटनगरको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पोजेटिभ देखिएपछि थप परीक्षण गर्न धरान पठाइएको छ।

योसँगै संक्रमित हुनेको संख्या ३२ पुगेको छ।