झापा । झापाकोे मेचीनगर नगरपालिकाले आपतकालिनरुपमा राहत तथा अत्यावश्यक औषधिको व्यवस्थाापनका लागि प्रत्येक वडामा वडागतरुपममा विभिन्न प्रतिनिधिहरुलाई फोकल पर्सन तोकेको छ ।

नोवल कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिन र नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण खाद्यान्न तथा औषधि सेवन गरिरहेकाले समस्या झेल्नु नपरोस् भनेर समन्वयकारी भूमिकाका लागि फोकल पर्सन तोकेको हो ।

कोभिड १९ को संक्रमण फैलन नदिन र नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण खाद्यन्न अभाव भएका परिवारका लागि राहत वितरणको व्यवस्थापन सम्बन्धित वडा कार्यालयहरुबाट भइरहेको छ ।

यस्तो अवस्थामा अति विपन्न परिवारमा कहिँकतै राहत पुग्न नसकी खाद्यान्न अभावका कारण खान नपाइरहेको अवस्था भए आपतकालिन राहत उपलब्ध गराउन र औषधि सेवन गरिरहेका बिरामीहरुको अत्यावश्यक औषधि अभाव भएमा औैषधिको व्यवस्थापनका लागि नगरपालिकाले आफ्ना १५ वटै वडामा प्रतिनिधिहरुलाई फोकल पर्सन तोकेको नगरप्रमुख विमल आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार सामाजिक विकास शाखा प्रमुख अनन्तप्रकाश वस्ती र आर्थिक विकाश शाखा प्रमुख दीपेन्द्र कार्कीलाई नगरपालिकाका तर्फबाट औषधि तथा खाद्यान्नका बारेमा सहजीकरण गर्ने गरी नगरपालिकाले फोकल पर्सनकोे जिम्मेवारी प्रदान गरेको उपप्रमुख मीना पोखरेल उप्रेतीले बताउनुभयो । वडागतरुपमा फोकल पर्सनको जिम्मेवारी प्राप्त गरेका प्रतिनिधिहरुहरुले समेत खाद्यान्न तथा औषधिका विषयमा सहजीकरण गर्नेछन् ।

उपप्रमुख उप्रेतीका अनुसार नगरपालिकाले वडा नम्बर १ मा रामकुमार राईलाई खाद्यान्न तथा डिकेन्द्र थापालाई औषधिको व्यवस्थापनका लागि फोकल पर्सनको जिम्मेवारी प्रदान गरेको छ । यसैगरी गरी वडा नम्बर २ मा वेनुपकुमार राई र सविना घिमिरेले फोकल पर्सनको जिम्मेवारी पाएका छन् । राईले खाद्यान्न तथा घिमिरेले औषधिको व्यवस्थापन गर्ने छन् ।

वडा नम्बर ३ मा औषधितर्फ छोटबहादुर राई र खाद्यान्नतर्फ रीता थापा, वडा नम्बर ४ मा प्रल्हाद दाहाल खाद्यान्न, विनोद रंजितकार औषधि, ५ मा नारायण खड्का खाद्यान्न दुुर्गा देवकोटा औषधि, ६ मा राजकुमार श्रेष्ठ खाद्यान्न साविधा ल्वागुन औषधि, ७ मा नेत्र दाहाल खाद्यान्न र धनकुमारी न्यौपानेलाई औषधिको व्यवस्थापन गर्न नगरपालिकाले फोकल पर्सनको जिम्मेवारी प्रदान गरेको छ ।

वडा नम्बर ८ मा सन्तोष मेचे खाद्यान्न, चन्द्रा अधिकारी औषधि, ९ मा इन्द्र प्रधान औषधि, मिना परियार खाद्यान्न, १० मा इन्द्र आङदेम्बे औषधि, यज्ञनिधि न्यौपानेलार्ई खाद्यान्नको लागि फोकल पर्सन तोकिएकोे छ ।

वडा नम्बर ११ मा सुनिल राजबंशी औषधि, शरदविक्रम खरेल खाद्यान्न, १२ मा लीला सुब्बा औषधि, कृष्णमाया वराइली खाद्यान्न, १३ मा ऋषि राजवंशी खाद्यान्न र यमकान्त प्याकुरेल औषधि, १४ मा खाद्यान्नतर्फ सुरेश बुडाथोेकी र औषधितर्फ अमृत कार्की तथा वडा नम्बर १५ मा विखलाल राजवंशी खाद्यान्न र कुसुम चौधरीलाई औषधितर्फकोे व्यवस्थापनका लागि वडागतरुपमा फोकल पर्सन तोकिएको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिए ।