काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । पुनः तीन जनामा संक्रमणको पुष्टि भएसंग संक्रमितको संख्या ४५ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटोले धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा थप ३ जनामा संक्रमण भएको पुष्टि गर्नु भयो ।

तीन जना पुरुष रहेको र उनीहरुको उमेर २४ , ६० र ७२ बर्ष रहेको जानकारी पनि उहाँले दिनुभयो । यी तीनै जना उदयपुरको रहेको बताइएको छ ।