झापा । लकडाउनका कारण काठमाण्डौँ उपत्यकामा बसोबास गर्नुहुने अर्जुनधारा नगरवासीलाई कुनै किसिमको कठिनाई भएमा तथा अर्जुनधारा फिर्ता हुन चाहेमा सहजीकरण गर्न सकिने भएको छ ।

अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाका अनुसार लकडाउनका कारण झापा अर्जुनधारा आउन चाहेर पनि नसकेको खण्डमा वैशाख १५ गतेपछि फर्किनका लागि सहजीकरण गर्न सकिने भएको छ ।

लकडाउनका बेला विभिन्न समस्या आएको खण्डमा काठमाडौँमै रहेका अर्जुनधाराका युवाहरु नविन जोशी ९८०१०७३१६२, शरण गुरुङ ९८५११२५८५५, भागवत सुवेदी ९८१०२९३०८८,९८५१०२२१३३, यादव भट्टराई ९८५१०६००३३ र निरज ढकाल ९८५१०६५२१७ लाई सम्पर्क गर्न सकिने मेयर रानाले जानकारी दिए ।