झापा । बिहीबार थप दुई जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ। जनकपुर प्रयोगशालामा गरिएको परीक्षणमा दुई पुरुषको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ।

उनीहरु मध्ये ९ जना निको भइसकेका छन् । उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।