झापा । अर्जुनधारा सरसफाइ अभियानका संयोजक कमल पोख्रेललाई पितृ शोक परेको छ । उनका ८६ वर्षीय पिता गोपीकृष्ण पोख्रेलको आज निधन भएको हो ।

प्रेसर, सुगर र मुटु रोगबाट ग्रसित पोख्रेलको बिर्तामोडस्थित छोरा राजकुमारको घरमा आज दिउँसो २ बजे हृदयघात भएको कान्छा छोरा कमल पोख्रेलले जानकारी दिए । उनको पार्थिव शरीरलाई अहिले मुल घर अर्जुनधारा ७ स्थित डाँडागाउँमा ल्याइएको छ ।

१६ दिनअघि मात्र उनकी जेठी श्रीमतीको निधन भएको थियो । उनका दुई परिवारबाट ८ छोरी र ७ छोरा रहेका छन् । पोख्रेलको पार्थिव शरीरकाे अन्त्येष्टि स्थानीय टाङटिङ खाेलामा भोलि बिहान १० बजे गरिने परिवारले जनाएको छ ।