काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को एक संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार झापाका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

उनी झापाको कुन पालिकाका बासिन्दा हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ भने १० जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।