झापा । झापा दमक निवासी ६२ वर्षीय एक पुरुषमा कोरोना भएको पुष्टि भएको छ ।

धरान स्थित विपि कोइराला स्वास्थ्य अध्ययन प्रतिष्ठानमा पिसिआर प्रविधिबाट कोरोना पुष्टि भएको हो ।

बिहीबार तीन जनाको आरडिटी परीक्षणमा पोजेटिभ आएपछि स्वाब परीक्षणका लागि धरान पठाईएको थियो ।

तीन मध्ये एकजनामा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको छ ।

संक्रमितका छोरा एक महिना अगाडि मात्र दुबईबाट आएका थिए । तर उनी र उनको आमाको रिपोर्ट नेगेटिभ आएको छ ।

तीनै जना आइसुलेसन अस्पतालमा छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४९ पुगेको छ भने १० जना उपचार पछि निक भएर घर फर्की सकेको छ ।