झापा । भोजपुर र पाँचथरमा लडेर दुईजनाको मृत्यु भएको छ ।
पाँचथरको मिक्लाजुङ ६ कन्याटारका ९० वर्षीय सुरेन्द्र राईको घरनजिक बारीमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी भोजपुरको पौवादुम्मा ४ कात्तिकेका ५४ वर्षीय बलबहादुर कार्कीको भीरबाट लडेर मृत्यु भएको छ । खेतबाट पराल बोकेर आउने क्रममा शनिबार राति बाटोमा पर्ने भीरबाट उनी लडेका थिए ।
प्रहरीका अनुसार थकाइ मार्न भारी बिसाउने क्रममा अचानक सडकबाट करिब ३५ मिटर तल खसेका उनको घटनास्थलमै मृत्यु भएको थियो ।