झापा । कोरोना सङ्क्रमितको संख्या ५४ पुगेको छ । यसअघि ५२ जना सङ्क्रमित थिए । मंगलबार रौटहटमा दुई जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनीहरु भारतबाट आएर क्वारेन्टाइनमा बसेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सबैभन्दा बढी सङ्क्रमित प्रदेश १ मा रहेको बताए ।

उनका अनुसार प्रदेश १ मा ३१ जना कोरोना सङ्क्रमित उपचारमा छन् । उनीहरु सबैको विराटनगरस्थित कोरोना कोशी अस्पतालमा उपचार भइरहेको छ । उपचारपछि १६ जना निको भएर घर फर्किएका छन् ।