झापा । कोरोना भाइरस संक्रमण फैलन नदिनका लागि सरकारले लागु गरेको लकडाउनको उल्लंघन गर्दै हिँडेका व्यक्तिलाई सुरक्षाकर्मीले ‘होल्ड’ गर्ने क्रम जारी छ ।

सशस्त्र प्रहरी बल शनिश्चरे बेस क्याम्पले झापाको अर्जुनधारा र बिर्तामोड नगरपालिकास्थित महानन्द चोकमा मंगलबार साँझ लकडाउन उल्लंघन गर्ने ३५ जनालाई ‘होल्ड’ गरेको हो ।

सशस्त्र प्रहरी निरीक्षक मानबहादुर कटुवालको नेतृत्वमा रहेको टोलीले अनावश्यकरुपमा घर बाहिर निस्केर हिँडडुल गरेको पाएपछि ‘होल्ड’ गराएपछि सम्झाइ बुझाइ छाडिएको सशस्त्र प्रहरी नायव उपरीक्षक द्रोण विष्टले जानकारी दिए ।