काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोरोना पोजिटिभ देखिएपछि समाजले विभेदपूर्ण व्यवहार गर्छ कि भन्ने डरले पनि परीक्षणमा नआएको बताएका छन् ।
मन्त्रालयले बुधबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङका क्रममा उनले परीक्षण नगराएमा आफू, परिवार र सिंगो समाजमा जोखिम बढ्न सक्ने भन्दै संक्रमित हुँदैमा नआत्तिन र संक्रमण देखिएमा आफूले गल्ती गरेको महसुस नगर्न आग्रह गरेका छन् ।
मन्त्रालयले आयुर्वेद र वैकल्पिक चिकित्सासम्बन्धी निर्देशिका जारी गरेको छ । निर्देशिकामा आयुर्वेद चिकित्साबाट कसरी रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ साथै योगाभ्यास तथा व्यायाम आदिका फाइदाका बारेमा उल्लेख छ ।