अर्जुनधारा । लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई फेरि झापाको अर्जुनधारास्थित शनिश्चरे बजारमा सुरक्षाकर्मीले उभ्याउन सुरु गरेको छ ।

शनिश्चरे प्रहरी चौकी र अस्थायी ट्राफिक पोस्ट शनिश्चरेले लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई यसअघि पनि उभ्याउँदै आएको थियो । तर, केही समय अनावश्यकरुपमा हिँडडुल बन्द भएको भए पनि फेरि बाक्लैरुपमा मानिसको हिँडडुल भएपछि सुरक्षाकर्मीले उभ्याउन सुरु गरेको हो ।

सुरक्षाकर्मीले कोरोना भाइरसबाट बच्न र संक्रमण फैलन नदिनका लागि बनाएको सन्देशमुलक प्लेकार्ड बोक्न लगाएर एकअर्कामा पढ्न लगाएको ट्राफिक हवल्दार दिपेश पौडेलले जानकारी दिए ।

खाद्य सामग्री खरिदभन्दा पनि अनावश्यकरुपमा चोक बजारमा हिँडडुल गर्ने व्यक्तिलाई उभ्याइएको उनको भनाइ छ । बिहीबार बिहान प्रहरीले २५ जना व्यक्तिलाई उभ्याएकाे थियाे ।