झापा । अर्जुनधारा नगरपालिकाले वडा नम्बर ४ मा स्थापना गरेको क्वारेन्टाइनमा रहेका व्यक्तिको शुक्रबार स्वाब संकलन गरिएको छ ।
प्रदेश सरकारबाट प्राप्त परीक्षण सामग्रीबाट क्वारेन्टाइनमा रहेका र विदेशबाट आइ होम क्वारेन्टाइनमा रहेका एक महिलासहित ५ जनाको स्वाब संकलन गरी कोरोना अस्पताल कोशीमा पठाइएको नगरका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले बताए ।
उनका अनुसार क्वारेन्टाइनमा रहेका दई जना र होम क्वारेन्टाइनमा रहेका एक महिलासहित तीन जनाको स्वाब संकलन गरिएको हो । कतार, दुवई र भारतबाट आएका व्यक्तिको स्वाब संकलन गरिएको उनले बताए ।
हाल क्वारेन्टाइनमा तीन जना र होम क्वारेन्टाइनमा एक सयभन्दा बढी व्यक्तिलाई स्वास्थ्य शाखाले निगरानीमा राखेको छ । यसअघि १९ जनाकाे आरडिटी टेस्ट गरिँदा रिपाेर्ट नेगेटिभ आएकाे थियाे ।