0 Shares

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको प्रभाव र स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव भइरहेको जनाएको छ ।

साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको महाशाखाले जनाएको छ ।

यसैगरी, हालको देशको मौसमको अवस्था पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली भइरहेको छ ।

यस्तै, आइतबार दिउँसो देशको अधिकांश भू–भागमा सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

राति भने देशको अधिकांश भू–भागमा सामान्य बदली रही पश्चिमी र मध्य भूभागका केही स्थानहरुमा र पूर्वी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।