अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको स्वास्थ्य शाखा मातहतमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारीहरुले कोभिड १९ प्रकोप व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेका छन् ।

नगरमा स्थापित उक्त कोषमा स्वास्थ्यकर्मीको एक टोलीले अर्जुनधारा नगरपालिकाका मेयर हरिकमार रानालाई नगद ७८ हजार आर्थिक सहयोग प्रदान गरेको हो ।

स्वास्थ्यकर्मीको सहयोग रकम ग्रहण गर्दै मेयर रानाले धन्यवाद दिए । स्वास्थ्यकर्मीले २४सैँ घण्टा सेवा दिइरहेको अवस्थामा आर्थिकरुपमा पनि सहयोग गर्नु महानता भएको उनले बताए ।

स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले नगद हस्तान्तरण गरेका हुन् । अनौपचारिक कार्यक्रममा प्रदेश सांसद बृख प्रधान, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल, स्वास्थ्य शाखाकी सहसंयोजक दुर्गा चापागाईँ, प्राथमिक स्वास्थ्य चौकी शनिश्चरेका सिनियर अहेव डम्बर मिश्रलगायतको उपस्थिति थियो ।