काठमाडौं । आजै (आइतबार) यसअघि नौ जना भेटिएको नेपालगञ्जमा थप ६ जनामा कोरोना पुष्टि भएको छ। यो पुष्टि भएसँगै आजै नेपालगञ्जमा १५ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसअघि नेपालगञ्जमा नै ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको आइतबार दिउँसो नियमित प्रेस ब्रिफिङमा जानकारी दिइएको थियो ।

केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।ती ब्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला लगिएको थियो । तीमध्ये परीक्षण भइसकेको नमुनामा अहिलेसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, वीरगञ्जमा एक जनामा संक्रमण भएको थियो । यो सँगै संक्रमित संख्या ७५ जना पुगेको छ ।