0 Shares

काठमाण्डौ । पछिल्लो केही दिनदेखि चलिरहेको पानी पर्ने क्रम बुधबारदेखि कम हुने मौसमविद्ले बताएका छन् ।

बुधबारदेखि लगातार झरी तथा हावाहुरी, मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने क्रम कम हुने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । तर बुधबारदेखि नै टन्टलापुर घाम लाग्ने सम्भावना भने नरहेको, छिनछिनमा बदली हुने र हल्का वर्षा भने हुन सक्ने सम्भावना रहेको पौडेलले बताउनुभयो ।

आज पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरैजसो ठाउँमा पानी परेको छ । आज देशभरिकै मौसम धुम्म रहेको र केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

काठमाण्डौ उपत्यकामा बेलुकीपख सामान्य पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।