झापा । कोरोनाको सङ्क्रमण प्रदेश १ मा सबैभन्दा धेरै देखिएको छ ।

अहिलेसम्म एक नम्बर प्रदेशमा ३१ जना, दुई नम्बर प्रदेशमा ३० जना, वाग्मती प्रदेशमा सात जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै, गण्डी प्रदेशमा दुई जना, प्रदेश नम्बर ५ मा २४ जना र सुदूरपश्चिम प्रदेशमा ५ जनालाई सङ्क्रमण भएको छ । कर्णाली प्रदेशमा भने अहिलेसम्म कोरोना सङ्क्रमण भेटिएको छैन ।

यस्तै, गएको ११ वैशाखमा डिस्चार्ज भएका काठमाण्डौका एक पुरुषको नमुना परीक्षण गर्दा फेरि सङ्क्रमण पाइएको छ । त्यसैगरी, वीरगन्जका ४४ वर्षका एक पुरुष र रौतहटका १९ वर्षका युवकमा पनि सङ्क्रमण दोहोरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।

देशभर ९९ जना संक्रमित फेला पर्दा २२ जना निको भएर घर फर्किएका छन् ।