झापा । शनिबार थप ७ जनामा कोरोना संक्रमण देखिएको छ ।
उदयपुरको भुल्केमा ३, कपिलबस्तुमा ३ र पर्सामा १ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।
उदयपुरको भुल्केमा १८, ४५ र ६५ वर्षिय महिलामा संक्रमण देखिएको हो । कपिलबस्तुमा १७, १८ र १८ वर्षिय युवकमा कोरोना देखिएको हो ।
पर्साको छपकैयामा ६२ वर्षिय पुरूषमा कोरोना देखिएको हो ।