काठमाडौं । आगामी तीन दिन मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागका केही स्थानहरुमा र तराईका थोरै स्थानहरुमा यस्तो सम्भावना रहेको छ ।
हाल देशमा पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव रहेको देखिएको महाशाखाले जनाएको छ ।
हाल देशको सुदुर पश्चिम प्रदेशमा आन्शिक बदली रहेको छ भने बाँकी सबै प्रदेशहरुमा सामान्य बदली रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
बैशाख २९ गते (सोमबार)
दिउँसोः देशको अधिकांश भूभागमा सामान्य बदली रहनेछ। देशको पहाडी भुभागका केही स्थानहरु र तराईका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
राति : देशको अधिकांश भूभागमा सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
बैशाख ३० गते (मंगलबार)
दिउँसोः देशको अधिकांश भूभागमा सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
राति : देशको पूर्वी भुभाग लगायत मध्य पहाडी भुभागमा सामान्य बदली र बांकी भुभागमा आंशिक बदली रहनेछ। पूर्वी भूभागका केही स्थानहरु, मध्य भुभागका थोरै स्थानहरु र पश्चिमी भुभागका एक वा दुई स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
बैशाख ३१ गते (बुधबार)
दिउँसोः देशको अधिकांश भूभागमा सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
राति : देशको पुर्वी तथा मध्य भुभागमा सामान्य बदली र बांकी भुभागमा आंशिक बदली रहनेछ।
पूर्वी र मध्य भूभागका केही स्थानहरु तथा पश्चिमी भुभागका एक वा दुई स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।