0 Shares

झापा । झापाको सुरुंगाबाट आइतबार १७ ग्राम ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कनकाई नगरपालिका–४ सुरुंगाका प्रदीप बुढाथोकी पक्राउ परेका हुन् ।

प्रहरीले उनको साथबाट नगद २३ हजारसमेत बरामद गरेको छ ।

सुरुंगाकै एक होटलमा कार्यरत महिलालाई प्रयोग गरी हेरोइन बिक्री गर्न खोजेको भन्ने गोप्य सूचनाका आधारमा बुढाथोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बुढाथोकी लामो समयदेखि लागु पदार्थ कारोबारमा संलग्न रहेको प्रहरीको भनाइ छ ।

उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा राखिएको छ ।