झापा । नेपाल विद्यार्थी संघ बिर्तामोड नगर कार्यसमितिले बिर्तामोड वार्ड नम्बर ५ को कृषिथोक क्षेत्रमा रहेका निम्न वर्गका २२ घरपरिवारलाई राहत वितरण गरेको छ ।

सहयोगी मन भएका अग्रज व्यक्तित्वबाट संकलित रकमबाट विपन्न परिवारलाई राहत वितरण गरिएको हो । उक्त राहत वितरण कार्यक्रममा नेविसंघ बिर्तामोड नगर सभापति योगेन गोदार थापाको नेतृत्वमा भएको थियो।

कार्यक्रममा कन्काई स्ववियु सभापति सन्जय राई, नेविसंघ बिर्तामोडका पदाधिकारी बिनोद प्रसाईं, एजिसा लिम्बू, अनिस लिम्बू, सरोज लिम्बु, प्रकाश सङ्ग्रौला, किरण गुरुङ, प्रदिप गुरुङ लगायतको उपस्थिति थियो।

नेविसंघ बिर्तामोडका नगर सदस्य किरण गुरुङ का अनुसार १२ केजी चामल, एक लिटर खानेतेल, एक केजी नुन र ६ थान मास्क विपन्न परिवारलाई वितरण गरिएको हो ।