झापा । कनकाई नगरपालिका ३ स्थित सुरुङ्गाका एक बुबाले आफ्नै छोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ।

घरमा श्रीमती नभएको बेला लामो समयदेखि दैनिक मादक पदार्थ सेवन गरेर घरमा आएर छोरीलाई जवरजस्ती करणी गर्ने गरेको भन्दै छोरीले प्रहरीमा उजुरी गरेपछि इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी नायव निरीक्षक पदमसुन्दर लिम्बुको नेतृत्वमा गएको प्रहरी टोलीले शुक्रबार बेलुकी ती बुबालाई घरबाटै पक्राउ गरेको हो ।

प्रहरी छोरी बलात्कार गर्ने बाबुको घरमा पुग्दा प्रहरी अचम्मित भएको थियो । प्रहरीले बलात्कारको आरोप लागेका व्यक्तिलाई पक्राउ गर्न जाँदा उनको घरबाट एसएलआर र थ्रीनटथ्री बन्दुकमा लाग्ने १२ थान गोली समेत बरामद गरेको छ ।

प्रहरीले छोरीको उजुरीका आधारमा पक्राउ गरी उनलाई हाल इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।