झापा । दक्षिण झापाको कचनकबल–७ मा शनिवार दिउँसो जंगली हात्तीको आक्रमणमा परी एक बृद्धको मृत्यु भएको छ ।
शनिबार दिउँसो निगुरो टिप्न जङ्गल पसेका स्थानीय ८२ वर्षीय वृखबहादुर राईको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार स्थानीय दीपज्योति सामुदायिक वनमा बृद्ध राई निगुरो टिप्न गएका थिए । जङ्गली हात्तीको आक्रमणमा उनको घटनास्थलमै मृत्यु भएको थियो ।