फुएतप्पा । इलामको फाकफोकथुम–४ फुएतप्पामा शनिबार राति आगलागी भएको छ ।

लिम्बू गाउँको तिलबहादुर लिम्बू (साम्सा) को भन्साघरमा करिब १२ बजे आगालागी हुँदा जलेर ध्वस्त भएको हो । परिवारका सबै जना खाना खाएर सुतिसकेपछि अगेनामा राखिएको दाउराबाट आगो सल्केको अनुमान गरिएको छ ।

छिमेकी सावित्री लिम्बूले आगलागी भएको थाहा पाएपछि गाउँलेहरु मिलेर आगो नियन्त्रणमा लिएका थिए । खरले छाएको छानो भएको घर पुर्णरुपमा जलेर क्षति भएको छ । आगलागीबाट करिव २० हजार बराबरको क्षति भएको अनुमान गरिएको छ ।