काठमाडौँ । बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा रहेका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश ५ को समाजिक विकास मन्त्रालय स्रोतका अनुसार यिनमा अधिकांश भारतबाट फर्किएका नेपाली छन् । शनिबार २ सय ७३ जनाको स्वाब संकलन गरिएको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले संक्रमितमध्ये ४६ जना पुरष र १ जना महिला भएको बताएका छन् ।

तीमध्ये १ सय ९२ जनाको नेपालगञ्जस्थित भेरी प्रयोगशालामा भएको परीक्षणमा ४७ मा पोजिटिभ देखिएको छ । नरैनापुरको क्वारेन्टाइनमा रहेका एक २५ वर्षीय युवाको आइतबार बिहान मृत्यु भएको थियो ।

यसैगरी धुलिखेलमा चार, मोरङ र भैरहवामा एक एक जनालाई पनि संक्रमण भएको पुष्टि भएको छ ।

सङ्क्रमितहरू १८ देखि ४६ वर्ष उमेर समूहका रहेका छन् । उहाँका अनुसार हालसम्म सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । सङ्क्रमित सबैको कन्ट्याक्ट ट्रेसिङ भइरहेको मन्त्रालयले जनाएको छ ।