इलाम । देउमाई नगरपालिका वडा नं ६ फुटुकमा छोरीले बाबुको हत्या गरेकी छिन् ।

सोमबार राति ११ बजे ५१ वर्षीय फूलबहादुर राईलाई उनका जेठी छोरी २५ वर्षीया सुष्मा राईले खुकुरी प्रहार गरी हत्या गरेको स्थानीयले बताएका छन् ।

दिनभरी घरको काम गरेर सुतेका राई राति ११ बजे चिच्याएका थिए । श्रीमती हेर्न जाँँदा श्रीमानको मृत्यू भइसकेको श्रीमतीले स्थानीयलाई बताएकी थिइन् ।

विवाहपछि माइतमै बस्दै आएकी सुष्मा घटनापछि फरार रहेको स्थानीय युवा डेबिड लिम्बूले बताए । प्रहरीले उनको खोजी गरिरहेको र शव उठाउनका लागि मुचुल्का तयार गरिरहेको छ ।