0 Shares

काठमाडौं । बंगालको खाडीमा बनेको अंपुन नामको आँधी अर्थात् चक्रवातका कारण अहिले मुलुकका बिभिन्न स्थानमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो क्रम आजदेखि तीन दिनसम्म जारी रहनेछ । महाशाखाका अनुसार हाल देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका सबै भू-भाग लगायत प्रदेश नं ५ को केहि स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ भने बांकी सबै भूभागमा सामान्य बदली रहि थोरै स्थानहरुमा वर्षा भइरहेको छ ।

आज दिउसो पूर्वी भूभागका धेरै स्थानहरु, मध्य भूभागका केही स्थानहरुमा र पश्चिमी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै पुर्वी तथा मध्य उच्च हिमाली भू-भागका केही स्थानहरुका साथै पश्चिमी उच्च हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्ययम हिमपातको समेत संभावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।