काठमाडौं । नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

डा देवकोटाका अनुसार ७ जना महिला र १८ जना पुरुष रहेका छन् । डा देवकोटाका अनुसार बाँकेमा ६ जना पुरुषहरु रहेका छन् । उनीहरु नरैनापुरका क्रमश १७, २०, २८, ३०, ४० वर्षका र खजुराका २७ वर्षीया पुरुष रहेका छन् ।

यस्तै धनकुटामा पाँच जना नयाँ संक्रमित रहेका छन् । उनीहरु २८, २९,३५ र ३७ वर्षका पुरुष र एकजना २४ वर्षीया महिला रहेका छन् । यस्तै कपिलवस्तुमा १३ जना थप संक्रमित छन् ।

जसमध्ये ३ जना २२, ३५ र ४८ वर्षीया पुरुषहरु विजयनगरको क्वारेन्टाइमा रहेका छन् भने महाराजगंज गाउँपालिकामा ३, ४ र ५ वर्षीया बालिका र१६ वर्षीया युवती र २५ र ३२ वर्षीया महिला रहेका छन । यस्तै १२ वर्षीया बालक, २०, २४ र ३४ वर्षीया पुरुष रहेका छन् ।

यस्तै नवलपरासीका २५ वर्षीषा पुरुष पनि कोरोना संक्रमण पुष्टि भएको छ । आजै कोसी अस्पतालमा रहेका उदयपुरका ८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।