खुदुनाबारी । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर २ को वडा कार्यालय भवन बन्ने भएको छ ।
बुधबार नगर प्रमुख हरिकुमार रानाले एक कार्यक्रमका बीच वडा कार्यालय भवनको शिलान्यास गरे । साबिक खुदुनाबारी गाविस कार्यालयमा सञ्चालनमा रहेको वडा कार्यालयको आफ्नै भवन बनाउन लागिएको वडाध्यक्ष रघु खनालले जानकारी दिए ।
२ नम्बर वडाकाे झेलेनीस्थित जमिनमा ९४ लाखको लागतमा हाललाई दुई तलाको ८ कोठाको भवन निर्माण गरिने भवन निर्माण समितिका अध्यक्ष चित्रा फागोले जानकारी दिइन् ।
स्थानीय जग्गादाताहरु पदमबहादुर कन्दङ्वा, रोम पुलामी, पदम पुलामी र नैनसिंह मगरले प्रदान गरेको ६ कठ्ठा जग्गामा भवन निर्माण गर्न लागिएको हो । बहुबर्षे योजना अन्तरगत भवन निर्माणको काम अगाडि बढेको वडाध्यक्ष खनालले जानकारी दिए ।