काठमाडौं । बंगाल खाडीबाट सक्रिय भएको अंपुन नामको चक्रवातका कारण अहिले मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले पूर्व र मध्य क्षेत्रका केही स्थानमा वर्षा भइरहेको छ । वंगालको खाडीमा बनेको उक्त चक्रवात कमजाेर हुँदै गएकाले त्यसको प्रभाव अब कम हुँदै जाने महाशाखाले जनाएको छ ।
आज दिउँसो र राति पूर्वी भूभागका केही स्थानहरु र पश्चिमी तथा मध्यका १, २ स्थानहरुमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान वुलेटिनमा उल्लेख छ।
यस्तै पूर्वी उच्च हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।