काँकडभिट्टा । दक्षिण झापाको कचनकवलमा चार दिनमा कोरोना संक्रमितको संख्या ३३ पुगेको छ । सोमबार एक युवकबाट संक्रमण सुरु भएको थियो । मंगलबार थप ९ जनामा देखिएकोमा बुधबार १५ थपिएका थिए ।

बिहीबार थप ८ संक्रमित पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय महामारी फोकल पर्सन जीवन चम्लागाईंले जानकारी दिए । उनका अनुसार यो संख्या अझै बढ्न सक्नेछ ।

लगालग संक्रमित बढ्न थालेपछि गाउँपालिका ५ दिनका लागि सिल गरिएको छ । सीमानाकामा थप कडाई गरिएको गाउँपालिका अध्यक्ष अन्जार आलमले जनाए ।

उनले गाउँपालिका ‘डेन्जर जोन’को रुपमा रहेकाले सचेत रहन स्थानीयवासीलाई अनुरोध गरेका छन् । कान्तिपुरबाट