धरान । झापाको कचनकवल गाउँपालिकाका कोरोना सङ्क्रमित बिरामीलाई बिहीबार साँझ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा ल्याई पुर्याएको छ ।
उनीहरूलाई प्रदेश सरकारले सञ्चालन गरेको विराटनगर स्थित कोभिड १९ अस्पतालमा बेड अभाव भएको कारण धरानमा तयारी गरिएको १ सय बेड क्षमताको कोभिड अस्पतालमा भर्नाका लागि पठाएको हो ।
तर, उनीहरूलाई कोभिड १९ अस्पतालमा नराखी पेईङ वार्डमा तयार गरिएको आइसोलेसन वार्डमा राखिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए ।
आइसोलेसनमा अहिले २४ जना कोरोना पुष्टि भईसकेका र अरू थप १२ जना गरी ३६ जना रहेको प्रवक्ता डा सापकोटाले बताए । यसरी एउटै वडामा सङ्क्रमित र आशङ्का गरिएका बिरामी राख्नु जोखिम भएन र ? भन्ने प्रश्नमा उनले भने अहिले पेईङ वार्डको तलामाथि पनि आइसोलेसन बनाएकोले दुरी कायम गरिएको दाबी गरे ।