इलाम । प्रदेश सरकारको लगानीमा इलामको फिक्कल-नयाँबजार जौबारी सडक कालोपत्रे गर्ने काम शुरु भएको छ ।

३६ महिनामा कालोपत्रे सक्ने गरी सडक निर्माण शुरु भएको हो । प्रदेश सभा इलाम क्षेत्र नं १ को क की सांसद खिनु लङ्वा लिम्बुको सिफारिसमा फिक्कल–नयाँ बजार कालोपत्रे गर्ने प्रदेश सरकारले निर्णय गरेको थियो । सडक कालोपत्रेका लागि प्रदेश सरकारले त्रिपन्न करोड लगानी गरेको छ ।

ट्रयाक खनिएको ६५ वर्षपछि इलामको फिक्कल-नयाँबजार सडक कालोपत्रे गर्ने कामको थालनी भएपछि इलामको उत्तरपूर्वी क्षेत्रका बासिन्दामा खुशियाली छाएको छ । उत्तरपूर्वी इलामलाई भारतको सीमा क्षेत्रसम्म जोड्ने सडक प्रदेश सरकारको लगानीमा कालोपत्रे गर्ने काम थालिएको प्रदेश सासंद खिनु लङ्वा लिम्बुले बताउनुभयो ।

विक्रम सम्बत २०१० सालमा तत्कालिन बडाहाकीम सन्तबिर लामाको नेतृत्वमा खनिएको सडक चालु आर्थिक वर्षबाट निर्माणको काम थालिएको छ ।

२०७६ मंसिरमा निर्माणको संझौता भएको सडक झापामा रहेको प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय मार्फत कार्यान्वय हुँदै आएको माई जोगमाई गाउँपालिका अध्यक्ष जितबहादूर राईले बताए । सूर्योदय नगरपालिका, माईजोगमाई र सन्दकपुर गाउँपालिकाबासीलाई सेवा पुग्ने सडकको २० किलोमिटर २ सय मिटर कालोपत्रे हुनेछ ।

सडक निर्माणका लागि ५३ करोड ८९ लाख ३८ हजार एक सय ४९ रुपैयाँ खर्च हुने पूर्वाधार विकास कार्यालय झापाका प्रमुख रमेश कुमार श्रेष्ठले बताउनुभयो । श्रेष्ठले भन्नुभयो, ‘सडक निर्माणको काम लकडाउनका बिच पनि जिल्ला प्रशासनको पास लिएर निर्माण सामग्री ढुवानी हुँदै आएको छ ।’

सडकमा अहिले कल्भर्ट, नाली, ग्याबिन पर्खाल र फिलिङ्ग गर्ने काम भइरहेको एपेक्स खनाल जोशी जेभीका डिल्ली खनालले बताउनुभयो । पर्यटकको आवजावत हुने र देशकै सबैभन्दा ठूलो आलु विकास केन्द्र जौवारी हुँदै भारत जोड्ने सडक कालोपत्रे भएपछि स्थानीय उत्पादन सहज रुपमा बजार पुग्नेछ ।

ट्याक खनिएको ६५ वर्षपछि स्तरोन्नती शुरु भएको इलामको फिक्कल–नयाँबजार सडक कालोपत्रे भएपछि स्थानीय खुशियाली छाएको नयाँबजारका संजिव थामिले बताए । यो सडक दुई वर्ष अगाडि मात्रै उन्नती परियोजना अन्र्तगत १४ करोड ४६ लाख ३४ हजार रुपियाँ खर्च स्तरउन्नती गरिएको थियो ।

स्तरउन्नती गरिएको सडक कालोपत्रेको प्रक्रियामा लगिएको प्रदेश सासंद खिनु लङ्वा लिम्बुले बताइन् । सडक कालोपत्रे भएपछि भारतसँग सीमा जोडिने भएकाले सीमा क्षेत्रका नेपाली नागरिकको पनि नेपाली बजारसम्म पहुँच पुग्नेछ ।

विक्रम सम्बत २०१० सातामा तत्कालिन बडाहाकीम सन्तबिर लामाको नेतृत्वमा खनिएको सडक माईजोगमाई गाउँपालिकाले गत आर्थिक वर्षदेखिनै कालोपत्रे गर्न प्रदेश सरकारसँग अनुरोध गर्दै आएको थियो । सडक निर्माण भएपछि उत्तरी इलामका लेकाली बस्तिमा उत्पादन हुने कृषि उपज सहजै बजार पुग्नेछ ।

पहिलो चरणमासूर्योदय नगरपालिका ९ को फिक्कल बजारको बरबोटेदेखि माईजोगमाई गाउँपालिकाको केन्द्र रहेको नयाँ बजारसम्म कालोपत्रे हुनेछ । लोकल सन्देशबाट