झापा । झापामा कोरोना संक्रमण तीब्र हुँदै गएको छ । संक्रमितको संख्या थपिँदै गएको हो । आइतवार गौरीगञ्जका चार जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालले जनाएको छ । नयाँ थपिएकासँगै झापामा संक्रमितको संख्या ११२ पुगेको छ ।

यसअघि शनिवार झापा घर भइ काठमाडौँमा बस्दै आएका एक जनामा संक्रमण फेला परेको थियो । शुक्रवार २८ जना संक्रमित थपिएका थिए ।

कचनकवल कोरोना भाइरसको केन्द्र बनेको छ । भारतबाट प्रवेश गरेका स्थानीयमा संक्रमण देखिएको हो । कचनकवलमा मात्रै संक्रमितको संख्या एक सय पुगेको छ ।

भारतबाट भित्रिने क्रम जारी रहेको र परीक्षणमा पठाइएकाहरुको रिपोर्ट आउने क्रम जारी रहेकाले त्यहाँ संक्रमित थपिने सम्भावना पनि उत्तिकै छ ।