विराटनगर । जोगबनी नाकाबाट आइतबार पनि भारतबाट आएका नेपालीहरु प्रवेश गर्ने क्रम जारी रह्यो । आइतबार भारतका विभिन्न स्थानबाट आएर नाकानजिक बसेका ७६ जनालाई प्रवेश गराइएको मोरङ प्रहरीले जनाएको छ ।

यसैगरी नेपालमा रहेका थप १ सय २५ जनालाई जोगबनी नाका हुँदै भारततिर पठाइएको प्रहरीले जनाएको छ। दिनहुँजसो जोगबनी नाकाबाट मानिसहरु भित्रिरहेका छन् ।

शनिबार १ सय ७८ जनालाई प्रवेश गराइएको थियो । नेपालबाट १ सय ८२ जनालाई भारततिर पठाइएको थियो ।

यस्तै शुक्रबार २ सय २४ जनालाई प्रवेश गराएको थियो भने २ सय ७८ जना भारतीय नागरिकलाई जोगबनीबाट पठाइएको प्रहरीले जनाएको छ ।

यसैगरी बिहीबार ९५ जना नेपाली आएका थिए । नेपालमा रहेका २ सय ८ जना उक्त नाका भएर भारततिर गएका थिए । बुधबार ३ सय ४ जना नेपालीको प्रवेश भएको थियो ।