विराटनगर । चीन स्वशासित तिब्बत सरकारले १ नम्बर प्रदेशलाई करिब पौने ८ करोड मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

कोरोना महामारीसँग जुध्न तिब्बतले प्रदेश सरकारलाई सात करोड ७४ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

तिब्बत सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री नेपाल चीन कार्यकारी परिषद्ले सोमबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेको छ ।

चीनले पठाएको स्वास्थ्य सामग्रीमा दुई सेट पीसीआर मेसिन, भेन्टिलेटर तीन थान, एक्स(रे पोर्टेबल मेसिन १ थान रहेका छन्।