काठमाडौं । पछिल्लो २४ घण्टामा मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप २८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ । संक्रमित थपिएसँगै नेपालमा कूल कोरोना संक्रमतिको संख्या २०९९ पुगेको छ ।

यस्तै उनले थप ४५ जना कोरोना संक्रमित निको भएर घर फर्किएको पनि जानकारी दिए । योसँगै नेपालमा कोरोना निको भएर घर फर्किएको संख्या २६६ पुगेको छ । यस्तै हालसम्म कोरोनाबाट ८ जनाको मृत्यु भइसकेको छ ।