फिदिम । पाँचथरको हिलिहाङ गाउँपालिका–१ अमरपुरका कुमार बस्नेतको कोबेली खोलाले बगाएर मृत्यु भएको छ ।

मंगलबार स्थानीय भवानी रिजालको मलामी गएका उनी पौडी खेल्न खोलामा पसेका थिए । त्यहीबेला बगाएको प्रत्यक्षदर्शी समिर अधिकारीले जानकारी दिए ।

बस्नेतसँगै रहेका अर्का व्यक्तिले करिब एक किलोमिटर तल पुऱ्याएपछि निकालेका थिए । तर उनको मृत्यु भइसकेको थियो । जिल्ला प्रहरी कार्यालय पाँचथरले पोस्टमार्टमको तयारी गरिरहेको जानकारी दिएको छ ।