बिर्तामोड । पश्चिम रुकुमको चौहरजहारी नगरपालिका ८ को सोतीमा भएको नवराज विकसहित ६ जना युवाको सामुहिक नरसंहार गरिएको भन्दै झापाको बिर्तामोडमा बुधबार दिउँसो विरोध प्रदर्शन भएको छ ।

संयुक्त राजनीतिक दलित संर्घष समिति झापाले बुधबार श्रद्धाञ्जलि तथा खवरदारी सभाको आयोजना गर्दै हत्यामा संलग्नलाई कडाभन्दा कडा कारवाही गरिनुपर्ने माग गरेको छ ।

अझैं पनि जातीय विभेद कायम रहेको भन्दै जातकै आधारमा हत्या गरिनु दण्डनीय अपराध भएको दलित अगुवा नेताहरुको भनाइ छ ।

खवरदारी सभामा प्रदेश सांसद झलकसिंह दर्लामी सहित जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेल समेत सहभागी थिए ।