दमक । झापाको गौरादह नगरपालिका–१ स्थित भित्री सडकमा ट्याक्टरले किच्दा चालकको मृत्यु भएको छ ।

सडकछेउ बिग्रिएर राखिएको मे १ त १९३२ नम्बर ट्याक्टरलाई तानेर लैजाने क्रममा चालक सिटबाट तल झर्ने क्रममा ठूलो चक्काले किचिएको प्रहरीले जनाएको छ ।

सिकिस्त घाइते भएका चालक गौरीगन्ज–१ का २७ वर्षीय जितु राजवंशीको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।