झापा । ‘एकका लागि एक’ अभियानलाई बिर्तामोडको पूर्वेली युवा क्लबले ५१ हजार प्रदान गरेको छ ।

अभियानको बुधबार भएको बैठकमा क्लबले नगद हस्तान्तरण गरेको हो । पूर्वेली क्लबका अध्यक्ष मनोज बुढाथोकी, उपाध्यक्ष कुशल खतिवडा र पूर्वअध्यक्ष रमेश चौधरीलगायतको टोलीले अभियानका संयोजक महेन्द्रकुमार गिरीलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

त्यस्तै, गौरादह उद्योग वाणिज्य संघले पनि आर्थिक सहयोग गरेको छ। सोही बैठकमा संघले ४० हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।

संघका अध्यक्ष जीतबहादुर कार्की र वरिष्ठ उपाध्यक्ष भूपाल कटवालले अभियानका संयोजक महेन्द्रकुमार गिरीलाई सहयोग रकम हस्तान्तरण गरे ।

अभियानको कोषमा यो रकमबाहेक हालसम्म ५७ लाख ४१ हजार ९२९ रुपैयाँ जम्मा भइसकेको छ । अभियानलाई देश तथा विदेशमा रहेका ५२ वटा संघसंस्था र ६२१ जना व्यक्तिले आर्थिक सहयोग गरेका छन् । अभियानको कोषमा हाल १८ लाख ६४ हजार ६९६ रुपैयाँ बचत रहेको छ ।