ताप्लेजुङ । भारतबाट फर्किएका ताप्लेजुङका ५१ जना नागरिक गृह जिल्ला फुङलिङ पुगेका छन् ।

विभिन्न नाका हुँदै स्वदेश फर्किएका उनीहरुलाई सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका स्थित क्वारेन्टाइनमा राखिएको थियो ।

पीसीआर प्रविधिमार्फत कोरोनाको परीक्षण रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरुलाई घर फर्काइएको हो ।

उनीहरुलाई गाउँपालिकाले व्यवस्था गरेको क्वारेन्टाइनमा वा घरैमा सुरक्षित बस्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।