काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । डोल्पा जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको छ ।

त्यसैगरी धनगढी ४ की ५५ वर्षीया महिलाको पनि कोरोना संक्रमणले मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा शनिबार प्रवक्ता डा विकास देवकोटाले पुष्टि गरेका हुन् । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

मन्त्रालयका अनुसार ती पुरुषको ४ दिनअघि मृत्यु भएको थियो । उनी लामो समयदेखि दमका रोगी थिए । त्यसैगरी ती महिला मिर्गौला रोगबाट पीडित थिइन् । उनको जेठ २३ गते सेती अस्पतालमा डायलसिस गराउने क्रममा मृत्यु भएको हो ।

हालसम्म यो दुई संख्या गरी कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक, दोलखा एक, पाल्पाका एक, सुर्खेतका एक गरी १३ जनाको मृत्यु भएको छ ।