विराटनगर । प्रदेश नम्बर १ मा कोभिड–१९ ९कोरोनाभाइरस० संक्रमण पुष्टि भएकाहरुको जम्मा संख्या २५७ पुगेको छ ।

हिजो आइतबार सुनसरीमा २ जना पुरुष, मोरङमा २ जना पुरुष, बिराटनगरमा १ जना महिला, झापामा २ जना पुरुष, उदयपुर १ महिला र २ जना पुरुषसहित १० जनामा कोभिड–१९ पुष्टि भएको प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

यो प्रदेशमा हालसम्म ९० जना उपचारपछि डिस्चार्ज भएको पनि जनाइएको छ ।