झापा । झापाको दमकमा पिकअप गाडीको ठक्करे एक जना बृद्धको मृत्यु भएको छ ।

दमक नगरपालिका १ को भित्री सडक खण्डमा मे १ च ९१७ नम्बर पिकअपले ठक्करले दिंदा स्थानीय ७८ वर्षीय दुर्गाप्रसाद अधिकारी सिकिस्त घाइते भएका थिए ।

प्रहरीका अनुसार लाइफलाइन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।