झापा । कनकाई नगरपालिकामा आज तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कनकाई नगरपालिकामा पहिलोपल्ट संक्रमण पुष्टि भएको हो ।

भारतबाट आएका उनीहरु कनकाई नगरपालिका वडा नम्बर ३ र ५ का स्थानीय रहेको जनाइएको छ । उनीहरु १६, १७ र ३५ वर्षका पुरुष रहेको स्रोतले जनाएको छ । तीनै जनाको कोशी अस्पतालमा गरिएको परिक्षणबाट कोरोना पुष्टि भएको हो ।

उनीहरु कनकाई बहुमुखी कलेजको क्वारेन्टाइनमा बस्दै आएका थिए । योसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप पुष्टि गर्न बाँकी नै छ ।

यसैगरी, मेचीनगर नगरपालिकामा आज एक जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै मेचीनगरमा संक्रमित हुनेको संख्या दुई पुगेको स्रोतले जनाएको छ ।

मेचीनगर नगरपालिका ३ का संक्रमित उनी क्वारेन्टाइनमा बस्दै आएका थिए । उनी केही दिन अगाडी भारतबाट आएका थिए ।