बिर्तामोड । बुधबार झापामा पाँच जना कोरोना संक्रमित थपिएका छन् ।

गौरादह, मेचीनगर र कनकाई नगरपालिकामा पाँच जना कोरोना संक्रमित थपिएका हुन् । मेचीनगरमा यसअघि एक जनामा संक्रमण फेला परेको थियो । थप अर्को जनामा पनि संक्रमण भेटिएको हो ।

मेचीनगर–३ को बलभद्र आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको वडाध्यक्ष हर्क बस्नेतले बताए । कनकाई नगरपालिमा भने पहिलो पटक संक्रमण पुष्टि भएको छ ।

कनकाई बहुमुखी कलेजको क्वारेन्टाइनमा बसेका तीन जनामा संक्रमण पुष्टि भएको छ । भारतबाट आएका उनीहरु कनकाई नगरपालिका वडा नम्बर ३ र ५ का स्थानीय बासिन्दा हुन् । उनीहरु १६, १७ र ३५ वर्षका पुरुष रहेको जनाएको छ ।